Lyrics

मेरो माया नौ डाँडापारि डाँडैपारि मेरो मन वर्षौँ दिन नै बितिगयो कहिले हुने हो सङ्गम? आउँदै छ दिन हामी भेट्ने अब मन मेरो भो यो मगन, हो-हो तिमी आउने आसैमा अब मनमा छ यो एउटा रङ्ग यादैमा तिम्रो, कान्छा मनले तिम्लाई चाहन्छ तिम्रो मायामा नाच्न थालेँ म घिन्ताङ्ग-घिन्ताङ्ग, ताङ्घि-नाघिन-ताङ्ग मादलको तालैमा नाच्छु म छमछम घिन्ताङ्ग-घिन्ताङ्ग, ताङ्घि-नाघिन-ताङ्ग मादलको तालैमा नाच्छु म छमछम, हो छिनमै, छिनमै, एकछिनमै हाँस्छु अर्को छिनमै म रुन्छु भिन्नै-भिन्नै सपना बुन्छु अनेकौँ गीतहरु म मनैमा गुन्छु छिनमै, छिनमै, एकछिनमै हाँस्छु अर्को छिनमै म रुन्छु भिन्नै-भिन्नै सपना बुन्छु अनेकौँ गीतहरु म मनैमा गुन्छु खाँदै नखाको विषै लाग्यो मन यो त्यसै पोल्छ छट्पटेर रात कट्छ निद्रा बिझाउन थाल्छ मन यो के-के भन्छ तिमीलाई आफ्नो ठान्छ मनको साइनो लगाई यादैमा तिम्रो, कान्छा मनले तिम्लाई चाहन्छ तिम्रो मायामा नाच्न थालेँ म घिन्ताङ्ग-घिन्ताङ्ग, ताङ्घि-नाघिन-ताङ्ग मादलको तालैमा नाच्छु म छमछम घिन्ताङ्ग-घिन्ताङ्ग, ताङ्घि-नाघिन-ताङ्ग मादलको तालैमा नाच्छु म छमछम घिन्ताङ्ग-घिन्ताङ्ग, ताङ्घि-नाघिन-ताङ्ग मादलको तालैमा नाच्छु म छमछम घिन्ताङ्ग-घिन्ताङ्ग, ताङ्घि-नाघिन-ताङ्ग मादलको तालैमा नाच्छु म छमछम, हो
Writer(s): Beyond Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out